वार्षिक योजना प्रस्तुत गर्नुहुँदै अध्यक्ष सविन लामा ।

हेटौंडाः नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुरले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार हेटौैंडामा पत्रकार सम्मलेन गरेर महासंघ मकवानपुरका संयोजक सविन लामाले वार्षिक कार्यक्रम सार्वजनिक गर्नुभयो ।

उहाँले आगामी फागुन २४ गते नारी दिवसको अवसरमा ५ किलोमिटर महिला दौड प्रतियोगिता गर्ने जानकारी दिनुभयो । आगामी चैत १० देखि १२ गतेसम्म राष्ट्रिय बुद्धिचाल प्रतियोगिता, १७ गतेदेखि १९ गतेसम्म ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यस्तै २०७९ बैशाख ९ र १० गते जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्ने जनाइएको छ ।

विभिन्न विधिका १७ भन्दा बढी खेल सञ्चालन गरिने संयोजक लामाले बताउनुभयो । कार्यक्रममा नेपाल खेलकुद महासंंघका केन्द्रीय समितिका निवर्तमान उपमहासचिव धरम लामा, निवर्तमान केन्द्रीय सचिव दीपक न्यौपाने, बागमती प्रदेश कमिटीका सचिव जनरल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।