आचार्य ॐ कारेश्वरानन्द अवधूत

· सहि तरिकाले श्वास लिनुका लाभहरुः मुखबाट श्वास भित्र लिएपछि त्यो घाँटी भएर श्वासनलीहरुमा राम्ररी नछानिकन पुग्दछ,धूलो र किटाणुबाट मुक्त भएर नाकभित्रका रौँहरु र तरल पदार्थको प्रभावले त्यो न्यानो र ओसिलो बन्दछ । कतिपय ब्याक्टेरिया पनि नाकभित्रको नुनिलो द्रवपदार्थले मारी दिन्छ । यस प्रकाट हावा अलिकति लामो यात्रा गरेर शरीरको तापमान अति उष्ण भएर भित्र छिर्दछ ।यसले भित्री महत्वका कलिला अङगहरु एक्कासी चिसो आघातबाट जोगिन्छन् । मुखबाट श्वास लिनुले विभिन्न प्रकारका रुघा र विकारहरुलाई निम्त्याउन्छ । सबैभन्दा महत्वको कुरा के छ भने, नाकबाट श्वास ग्रहण गर्दा प्राण उर्जाका सूक्ष्म प्रवाह सक्रिय हुन्छन् । योग—विज्ञान अनुसार हाम्रो देब्रे नाकमा ईडा नाडी र दाहिने नाकमा पिङगला नाडी खुल्दैछ । यसकारण देब्रे नासिका छिन्द्रबाट भित्र पस्ने वायु शीतल गुणको र दाहिने नासिकाबाट भित्र छिर्ने वायु गरम प्रकृतिको हुन्छ ।

· शिव स्वरोदय शास्त्रः शिवजीले पार्वतीको प्रश्नहरुलाई दिएको उत्तरहरु शिवसंहितामा संग्रहित छन् । सूक्ष्म (वाचन,मनन,चिन्तन जस्ता) मानसिक कार्य गर्दा र पानी वा दूध जस्ता तरल पदार्थ ग्रहण गर्दा देब्रे (इडा) नाडी प्रवाहित हुनु पर्दछ ।

स्थूलकार्य (स्नान,भोजन जस्ता) गर्दा दाहिने (पिङगला) स्वर बढी चलेको हुनुपर्दछ ।

यसले त्यस क्रियाको प्राकृतिक परिणाम विशेष लाभकारी हुन्छ । तपाईको अनुभव होला,चिसो वा रुघा लागेपछि हाम्रो दाहिने (तातो/सूर्यनाडी)आफैँ बढी चल्दछ । ज्वरो,गर्मी वा लू लागेको बेला शरीरले त्यसलाई सम पार्जको लागि देब्रे चिसो । चन्द्र नाडी आफैँ बढी चलाइदिन्छ । आयुर्वेदको नियम भोजन गरेपछि रात्री सुत्दा दाहिने स्वर चलाउनु र बिहान उठ्दा देब्रे स्वर चलेको हुनुपर्छ । यस पछाडि यो नै स्वर विज्ञानको रहस्य छ ।

· गहराईबाट श्वास लिने र छोड्नेःजब हामी श्वास भित्र तान्छौँ, त्यो श्वासनलीकाहरु हुँदै अन्त्यमा फोक्सोमा स्थित बेलुन जस्ता कोठा(अल्भी ओली)मा जान्छ । त्यहाँ रगतका स—साना शाखाहरुको सञ्जालमा रगत बगिरहेको हुन्छ । साना थैलीहरु भित्रको दूषित वायु (कार्बनडाइअक्साइड) रगतका नलीहरुद्धारा बाहिर भएपछि मात्र ताजा अक्सिजनयुक्त वायु भित्र छिर्न सक्छ । सामान्य श्वासप्रश्वास क्रियामा फोक्सोको बीचमा रहेको हावा मात्र बाहिर भित्र हुन्छ । तर फोक्सोको माथिल्लो र तल्लोमा रहेको कुनाकाप्चामा रहेको हावाले कुनै अवसर पाइन्दैन । फोक्सोको स्वभाविक क्षमता पाँच लिटर वायु राख्ने भएतापनि यसको मात्र तीन लिटर हावाले भित्रबाहिर आवागमन गर्दछ । एक साढेएक लिटर हावा पूर्णत जम्मा अनुपयोगी रहन्छ ।

यस अपूर्ण श्वासक्रियाको कारणले फोक्साको धेरैजसो भाग निष्क्रिय रहन्छ । त्यहाँका कमजोर अंशलाई व्याक्टेरियाहरुले आक्रमण गर्न सजिलो हुन्छ । टी.बी को सुरुवात यसै क्षीण भएको  जीवनीशक्ति,अपूग प्राणवायुको कारणले हुन्छ । सबल स्वस्थ र राम्रो कोषहरु भएका फोक्सोले रोगप्रतिकार गर्न सक्छ ।यसको उपाय एउटै छ—फोहोर हावालाई पूर्णतः बाहिर फ्याक्ने र ताजा हावालाई भित्र तान्ने र फोक्सोलाई पूरा भर्ने ।

· यौगिक श्वासक्रिया—प्राणायममा लामो,गहिरो र विस्तारै श्वास लिनु र छोड्नुमा जोड दिएको हुन्छ । लामो स्वस्थ जीवनको रहस्य प्राणायाममा छ ।