सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा आइतबार थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ३८ जनाको परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् । यस्तै एन्टिजेन विधिबाट १ सय ३२ जनाको परीक्षण गर्दा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सक्रिय संक्रमितको संख्या १५ सय ७१ पुगेको छ ।