पत्रकार सम्मेलनमा मिस मकवानपुरबारे जानकारी गराइँदै ।

हेटौंडाः मिस मकवानपुर सिजन ३ को फाइनल आगामी शुक्रबार हुने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरेर आयोजक कलिउड सुपर डान्स एण्ड फिटनेस प्राईभेट लिमिटेडले प्रतियोगितामा १८ जना सहभागी रहेको जानकारी दिएको छ ।

कलिउडका सञ्चालक सुजन श्रेष्ठले प्रतियोगिताको विजेताले चाँदीको ताजसहित १ लाख रुपैयाँ प्राप्त गर्ने जानकारी दिनुभयो । यस्तै कुनैपनि विधामा एक वर्षसम्म कलिउड सुपर डान्स एण्ड फिटनेसमा निशुल्क, फोटो सुट, कुनै पनि संघ, संस्थाको ब्राण्ड एम्ब्यासेडर साथसाथै मासिक पारिश्रमिकको व्यवस्था हुने जनाइएको छ । द्वितीय हुनेले ताज र नगद ५० हजार रुपैयाँ, तृतीय हुनेले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा करिब १५ लाख खर्च हुने बताइएको छ ।