हेटौंडाः बागमती प्रदेशका पत्रकारका लागि सन्चालन भएको ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयको आयोजना बिहीबारबाट सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।
बागमती प्रदेशका १७ जना पत्रकारको सहभागिता रहेको तालिममा पत्रकारहरु विनोद ढुङ्गेल, विकास कार्की, रविराज बराल, नेत्र पन्थी र गंगा बीसीले प्रशिक्षण गराउनुभएको थियो । तालिममा पत्रकारिता कसरी गर्ने, समाचार लेखन, अनलाइन पत्रकारिता कसरी गर्ने, फोटो फिचर, मोबाइल पत्रकारिताका बारेमा प्रशिक्षण दिइएको थियो ।
बागमती प्रदेश संचार रजिस्ट्रार कार्यालयका प्रमुख रेवती सापकोटाको अध्यक्षतामा तालिमको समापन भएको हो । तालिममा मकवानपुरसहित सिन्धुपाल्चोक, सिन्धुली, चितवन र काठमाडौंका पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा समृद्ध समाज दैनिकका जमुना तामाङ र रविन्द्र वाईबा पनि सहभागी थिए ।