हेटौंडा: अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत आज आइतबारको पहिलो खेलमा बकैया गाउँपालिकाले कैलाश गाउँपालिकालाई पराजित गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा हेटौंडा-४ स्थित हुप्रचौरमा जारी प्रतियोगिताको आजको पहिलो खेलमा बकैयाले कैलाशलाई २-० गोलअन्तरले पराजित गरेको हो ।

बकैयाले दुबै गोल दोस्रो हाफमा गरेको थियो । निर्धारित ८० मिनेटको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा बकैयाले सुधारिएको खेल प्रदर्शन गर्दै ७४ औं मिनेटमा नवराज घलानको गोलबाट खेलमा अग्रता लिएको थियो । खेलको अतिरिक्त समयमा अभिषेक भ्लोनले गोल गर्दै बकैयाको जीत सुनिश्चित गरेका थिए । खेलको म्यान अफ दि म्याच पहिलो गोलकर्ता नवराज घलान घोषित भए ।

आजकै दोस्रो खेल अहिले भीमफेदी गाउँपालिका र राक्सिराङ्ग गाउँपालिका बिच भैरहेको छ ।