नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह ।

हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापति पदमा दोस्रो चरणको मतदान हुने भएपछि कांग्रेस नेता प्रकाशमान सिंह हेटौंडा आउनुभएको छ । आइतबार दिउँसो १२ बजेको समयमा प्रकाशमान हेटौंडा आउनुभएको हो ।

जगदिश्वर नरसिंह केसी प्यानललाई जिताउन प्रकाशमान हेटौंडा आउनुभएको हो । प्रकाशमान सिंहसहित अन्य केन्द्रीय नेताहरु पनि हेटौंडा आइपुगेको बताइएको छ । केसी पक्षका केन्द्रीय नेताहरु हेटौंडाको रिगल हेटौंडा रिसोर्टमा छलफलमा व्यस्त छन् । नेपाली कांग्रेसको सभापति पदका आकांक्षी प्रकाशमान सिंह केसी प्यानलको घोषणा सभामा पनि सहभागी हुन शुक्रबार हेटौंडामै हुनुहुन्थ्यो । केसी प्यानललाई जिताउन कांग्रेस नेता गगन थापा पनि अधिवेशन उद्घाटनदेखि हेटौंडामै हुनुहुन्छ ।