मानवसेवा आश्रमलाई १५ दिनका लागि सहयोग प्राप्त ९ सय किलो चामल ।

हेटौंडाः हेटौंडा–९, लामसुरेधापस्थित मानवसेवा आश्रमलाई १५ दिनका लागि ९ सय किलो चामल सहयोग गरिएको छ । करिव ४० हजार रुपैयाँको चामल सहयोग गरिएको मानवसेवा आश्रम मकवानपुरका अभियन्ता होमनाथ पौडेलले बताउनुभयो ।

कृष्ण प्रणामी मन्दिरले हाम्रो चाहना सबैका लागि खाना, नाना र छाना, हाम्रो प्रतिबद्दता सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवम् घोषणा र हाम्रो सपना मानवीयताको राष्ट्र नेपालमा सहयोग पुग्ने उद्देश्यले चामल सहयोग गरेको हो । मानवसेवा आश्रम हेटौंडामा २ सय जना आश्रित छन् ।