हेटौंडाः सचेत नागरिक युवा समूहले आज बुधबार हेटौंडाको भुटनदेवी मन्दिर परिसरमा मास्क वितरण गरेको छ ।
नवरात्रीको अवसरमा भुटनदेवी मन्दिर दर्शन तथा पुजा गर्न मास्क नलगाई आउने भक्तजनहरुलाई सचेत गराउँदै मास्क वितरण गरिएको सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठले जानकारी दिनुभएको छ । मठमन्दिरमा भीडभाड हुँदा कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न मास्क वितरणको कार्य गरिएको श्रेष्ठले बताउनुभएको छ ।
बुधबार ३ हजार थान मास्क वितरण गरिएको र बिहिबार पनि मन्दिर परिसरमा मास्क वितरण कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ ।