हेटौंडाः नेकपा (एकीकृत समाजवादी) हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का वडा कमिटीको शनिबार सपथ ग्रहण गरिएको छ । बैकुण्ठ सापकोटाको अध्यक्षतामा गठन भएको ३५ जना सदस्यलाई सपथ ग्रहण गरिएको हो ।
बडा दशैं, तिहार तथा छठ पर्वको अवसरमा सुभाकामना आदानप्रदान कार्यक्रम समेत भएको थियो । कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष केदार न्यौपानेले एमाले अध्यक्ष केपी शर्मा ओली सांसदप्रति जिम्मेवार बन्न नसकेको बताउनुभयो । दुई तिहाई जनमतलाई ओलीले एकीकृत गर्न नसकेको बताउनुभयो । सांसद देख्न नचाहनेले चुनावमा गएर बहुमत ल्याउछु भन्नुको कुनै अर्थ नहुने बताउनुभयो ।
सांसद बलियो हुँदा सांसद विघठन गर्ने र कमजोर हुँदा पनि सांसद चल्न नदिने ओलीे सांसदमा उपस्थिति हुनुको कुनै अर्थ नरहेको बताउनुभयो । सोही अवसरमा वडा सम्पर्क कार्यालय पनि उद्घाटन गरिएको छ । कार्यक्रममा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य ललित बस्नेत, पार्टी मकवानपुर अध्यक्ष श्रीधर पोख्रेल, पार्टी प्रदेश कमिटीका सचिव विष्णु दाहाल लगायत जिल्ला कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।