महिला प्रिन्सीपलसहित प्याव्सनद्वारा सम्मानित व्यक्तित्वहरु ।

हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) हेटौंडा उपमहानगर समितिले नगर क्षेत्रका निजी विद्यालयका महिला प्रिन्सीपललाई सम्मान गरेको छ । नगर समितिको दोस्रो अधिवेशनको अवसरमा शनिबार हेटौंडा महिला प्रिन्सीपलहरु सरिता भण्डारी, शोभा थापा, गौरी चिमरिया, प्रतिभा डंगोल र रिना आचार्यलाई सम्मान गरेको हो ।

प्याव्सन हेटौंडाका अध्यक्ष रामकुमार श्रेष्ठ ।

प्याव्सन हेटौंडा नगर समितिले प्याव्सनको अतिरिक्त क्रियाकलापमा उल्लेखनीय कार्य गरेको भन्दै प्याव्सन मकवानपुरकी कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ र पत्रकार हरिप्रसाद हुमागाईलाई पनि सम्मान गरेको छ । प्याव्सन हेटौंडा उपमहानगर समितिका अध्यक्ष राजकुमार नहर्कीको अध्यक्षता तथा प्याव्सन केन्द्रीय समितिको सहकोषाध्यक्ष ग्रेस श्रेष्ठको प्रमुख आतिथ्यमा भएको नगर अधिवेशनले रामकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा अरविन्द कुमार झा, सचिवमा श्यामकुमार बानियाँ, कोषाध्यक्षमा अरुण पराजुली सर्वसम्मत चयन हुनुभएको छ । यस्तै प्याव्सन नगर समितिको सदस्यमा प्रतिभा डंगोल, विजय स्याङ्देन, सुदीप राज गिरी, गौरी चिमरिया र विश्वनारायण श्रेष्ठ चयन हुनुभएको छ । नगर अधिवेशनमा प्याव्सन केन्द्रीय समितिका सल्लाहकार आशिष श्रेष्ठ, केन्द्रीय सदस्य मदन कुमार दाहाल, प्याव्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदी, सचिव नवीन केसीको पनि उपस्थिति रहेको थियो ।