हेटौंडाः आगामी कात्तिक ४ गतेबाट सुरु हुने उपमेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि हेटौंडा उपमहानगरपालिकाले २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ ।
हेटौंडा उपमहानगरपालिकाको महिला टिमलाई प्रतियोगितामा सहभागिता गराउनका लागि उपमहानगरपालिकाले मकवानपुर जिल्ला फुटबल संघलाई उक्त रकम प्रदान गरेको हो । शुक्रबार हेटौंडाका मेयर हरि बहादुर महतले उक्त रकम मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामालाई प्रदान गर्नुभएको छ ।
उपमेयरकपमा सहभागिता जनाउन हेटौंडासहित जिल्लाभर महिला खेलाडीहरुको प्रशिक्षण भइरहेको अध्यक्ष लामाले बताउनुभयो । कत्तिक २ गतेसम्ममा खेलाडीहरु छनोट गरेर टिम तयार गरिने उहाँको भनाइ छ ।