स्वास्थ तथा जनसंख्या मन्त्री विरोध खतिवडा

हेटौंडाः २०४८ सालदेखि निरन्तर प्रतिनिधि सभा निर्वाचित बन्दै आएका विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर नेतृत्वको गठबन्धनको सरकारमा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट खतिवडा स्वास्थ्यमन्त्री बन्नुभएको हो ।

६१ वर्षिया विरोध खतिवडा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ मा जन्मिनुभएको हो । उहाँले कानुनमा स्नातकसम्म गर्नुभएको छ । मकवानपुर २ बाट संसदमा प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुनुभएको हो ।

खतिवडा यसअघिको २०४८, २०५१ र २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।