हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्याशी कृष्ण कुमार गुप्ता (अग्रवाल)ले संघको आसन्न निर्वाचनमा उम्मेदवारी दिने आफ्नो प्यानल सार्वजनिक गर्नुभएको छ ।
बिहीबार हेटौंडामा आफ्नो समूहबाट उठ्ने प्यानल सार्वजनिक गर्दै कृष्ण कुमार गुप्ता (अग्रवाल) ले सामूहिक कार्यलाई अघि बढाउने बताउनुभयो । आफु एक्लै नभएर पुरा टिमले काम गरे सफलता मिल्ने उहाँले बताउनुभयो । अग्रवालले आफ्नो समूहमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल, उद्योग तर्फको उपाध्यक्षमा प्रमोद सिंह रानाभाट, एसोसिएट तर्फको उपाध्यक्षमा विष्णु खनाल, वस्तुगत तर्फका उपाध्यक्षमा काव्यमणि अधिकारीलाई अगाढि बढाउनुभएको छ ।
यसैगरी विभिन्न वस्तुगत तर्फको सदस्यहरुमा कुल प्रसाद चौलागाई, जावेद हुसेन, सन्तोष कुमार अर्याल, गणेश प्रसाद भेटुवाल, पुष्पराज पूडासैनी, कृष्ण प्रसाद ढुंगाना, नीलम वैद्य, भूपेन्द्र प्रसाद अधिकारी, अकिंता सुमार्गी, प्रदीप अर्याल, दिपक क्षेत्री, नीलम पाण्डे, श्रीकृष्ण कर्माचार्य, राजाराम कार्की, अनिलभक्त श्रेष्ठ, कृष्ण हरि बत्तौला, रुपक राज दाहाल, दिपक उप्रेती, दामोदर पाठक, विकेशलाल श्रेष्ठ र सीता देवी भेटुवाल रहेका छन् ।
कृष्णकुमार गुप्ताको समर्थनमा वर्तमान मकवापनुर उद्योग वाणिज्य संघको अध्यक्ष कृष्ण कटुवाल, उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य अरुणराज सुमार्गी, पूर्व जिल्ला अध्यक्षहरु भूवनलाल श्रेष्ठ रहेका छन् ।
आउँदो कात्तिक ७, ८ र ९ गते हुने मकवानपुर उद्योग वाणिज्य संघको ५४–५५ औं वार्षिक साधारणसभा तथा निर्वाचनमा कृष्ण कुमार गुप्ताको प्रतिस्पर्धामा पूर्व जिल्ला अध्यक्ष राजकुमार न्यौपाने देखिनुभएको छ । उद्योग वाणिज्य संघ मकवापनुरको अध्यक्ष हुँदै केन्द्रिय सदस्य समेत बनिसकेका न्यौपाने सँग गुप्ताको प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै उद्योग वाणिज्य संघको अध्यक्षको प्रत्याशी महेन्द्र राउत भने अहिले मौन देखिएका छन् ।