हेटौंडाः नेपाल राष्ट्रिय भूतपूर्व सैनिक श्रीमती संघ जिल्ला कार्यसमितिले विजयदशमी, दीपावली र छठपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गरेको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक श्रीमती संघका अध्यक्ष डोल्मा स्याङ्बोको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा हेटौंडा ५ का वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । सैनिक मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुधीर थापासहित हालै चयन भएका नयाँ सञ्चालक समितिलाई बधाईसमेत दिएको थियो ।