हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका नेकपा माओवादी केन्द्रको सक्रियता बढ्न थालेको छ । माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) मकवानपुरको निर्देशनमा बागमती गाउँपालिका कमिटीले विद्यालयमा नै पुगेर संगठन विस्तार गर्न सुरु गरेको छ ।
आइतबार बागमती–५ स्थित देवकी माबिमा पहिलो पटक अखिल क्रान्तिकारीको विद्यालय कमिटी गठन भएको छ । आइतबार उक कार्यक्रमको आयोजना गरी कार्यक्रममा उपस्थित विद्यालयका विद्यार्थीहरुको भेलाबाट डोल्मा पाख्रिनको अध्यक्षमा ७५ सदस्यीय विद्यालय कमिटी घोषणा गरिएको छ । कमिटीको उपाध्यक्षमा संगीता लोप्चन र अस्मिता वाईबा, सचिवमा समीर राई, सहसचिवमा ज्योशिला राना मगर तथा कोषाध्यक्षमा अस्मिता गोलेलाई चयन गरिएको छ ।
अखिल क्रान्तिकारी बागमती गाउँपालिकाका अध्यक्ष निकास भोलनको सभाध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष रोजल पाख्रिन, अखिल नेपाल शिक्षक संघ बागमती गाउँपालिकाका उपाध्यक्ष करिना बल लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।