हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा आइतबारबाट सुरु भएको छ । एकसातासम्म सदस्यहरुको उपस्थिति जनाउने, सल्लाह, सुझाव संकलन गर्ने गरी साधारणसभा सुरु गरिएको सहकारीकी अध्यक्ष जानकी चौधरीले जानकारी दिनुभएको छ ।
गत असार मसान्तसम्ममा तीन हजार एक सय ६४ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी तीन करोड एक लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा २५ करोड रुपैयाँ बचत संकलन गरेको सहकारीले २० करोड ४२ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।
सहकारीबाट पाँच सय ४० जनाले ऋण सुविधा लिएको कोषाध्यक्ष शशीकर पाण्डेले जानकारी दिनुभएको छ । सहकारीको समापन कार्यक्रम असोज १७ गते आयोजना गरिने व्यवस्थापक दामोदर पौडेलले जानकारी दिनुभएको छ ।