हेटौंडाः बालविवाह न्यूनिकरणमा बालक र पुरुषको भुमिका विषयक अभिमुखिकरण कार्यक्रम सोमबार हेटौंडामा भएको छ । अस्मिता नेपालले आयोजना गरेको कार्यक्रममा पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका, विभिन्न गैरसरकारी संघसंस्था, नागरिक समाज, किशोरी समूहका प्रतिनिधिको सहभागिता रहेको थियो ।‘बालबालिकाको इच्छा, विवाह होइन शिक्षा’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा मेन इन्गेज एलायन्स नेपालका प्रकाश खतिवडा र अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले सहजिकरण गरेका थिए ।

कार्यक्रममा बालविवाहको बर्तमान स्थिति, बालबिवाह हुनुको कारण तथा असरहरु, बालविवाहबाट हुने शारिरीक र मानसिक समस्याहरु, राष्ट्रिय कानूनी व्यबस्था तथा नीति, बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२, अन्तराष्ट्रिय र क्षेत्रीय प्रतिबद्धता लगायतको विषयमा प्रस्तुतिकरण गरिएको थियो ।
कार्यक्रममा राक्सिराङ गाउँपालिका वडा नम्वर २ का अध्यक्ष सुर्यबहादुर मोक्तान, वडा नम्वर ३ का अध्यक्ष बाबुलाल स्याङ्तान, अभिभावक समूहका अध्यक्ष चित्रबहादुर थिङ, किशोरी समूहकी अध्यक्ष रामकुमारी प्रजा, नारी संरक्षण केन्द्र मकवानपुरका राम मिजार लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।