सांकेतिक तस्विर ।

हेटौंडाः मकवानपुर प्रहरीले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको विभिन्न मितिको फैसलाले जरीवाना तथा कैद तोकेका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला अदालत मकवानपुरको २०७२ पुस १२ गतेको फैसलाले सार्वजनिक अपराध मुद्दामा २ दुई हजार ३ सय ७५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी हेटौंडा–१४ का लिलानाथ न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार हेटौंडा–१४बाटै पक्राउ गरेको हो । पक्राउ परेको न्यौपानेलाई आवश्यक कारवाहीको जिल्ला अदालत मकवानपुर पठाईएको छ ।

यस्तै जिल्ला अदालत मकवानपुरको २०७८ बैशाख ८ गतेको फैसलाले चोरी मुद्दामा १० महिना ३ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी भीमफेदी–६ को मिलन स्याङतानलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट खटिएको प्रहरी टोलीले भिमफेदी–६ बाटै पक्राउ गरेको हो । पक्राउ परेको स्याङ्तनलाई आवश्यक कारवाहीको लागी जिल्ला अदालत मकवानपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।