सांकेतिक तस्विर ।

हेटौंडाः लागूऔषध गाँँजासहित मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार मनहरी गाउँँपालिका–९, खरङ्गास्थित पूर्वपश्चिम राजमार्गको सडक छेउमा घुम्ती पसलमा गाँँजा बिक्री गरिरहेको सूचनाको आधारमा प्रहरीले गाँँजासहित एकजना महिलालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी–९ बस्ने २३ वर्षीया ममिता घलानलाई पक्राउ गरेको छ । घलानलाई नियन्त्रणमा लिई खानतलासी गर्दा निजले घुम्ती पसलमा लुकाई राखेको लागूऔषध गाँँजा २० केजी ५ सय ग्राम फेला पारेको हुँँदा निज महिलालाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो ।