हेटौंडाः विश्व फिजियोथेरापी दिवस हेटौंडामा पनि मनाइएको छ । चिकित्सक, स्वास्थ्यकर्मीको सहभागितामा फिजियोथेरापीसम्बन्धी सचेतना अभिवृद्धि गराउने गरी दिवस मनाइएको हो ।

नेपाल फिजियोथेरापी संघ बागमती प्रदेश समिति र हेटौंडा–४ स्थित म्यानुअल थेरापी, पेनरिलिफ एण्ड रिह्याविलिटेसन सेन्टरको संयुक्त आयोजनामा दिवस मनाइएको हो । सेप्टेम्बर ८ का दिन यो दिवस मनाइन्छ । यो बर्ष कोभिड–१९ संक्रमितका लागि फोक्सोको थेरापीको आवश्यकताको विषयमा प्रचार गर्ने गरी दिवस मनाइएको छ ।

कोभिड–१९ संक्रमणसँगै शारीरिक दूर्वलताले विशेषगरी फोक्सोमा परेको असरलाई समेत थेरापीको माध्यमबाट उल्लेख्य सुधार गर्नुका साथै कोभिड–१९ संक्रमणअघिको सामान्य अवस्थामा ल्याउन सकिने भएकोले फिजियोथेरापी प्रभावकारी उपचार पद्दति भएको फिजियोथेरापिष्ट आशिष सुवेदीले जानकारी दिनुभएको छ ।