
हेटौंडाः सी डिभिजन लिग छनोटका लागि बन्द प्रशिक्षणको क्रममा हेटौंडामा रहेको झापा एफसी र पश्चिम मकवानपुरको रजैया फुटबल क्लबबिच शनिबार मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको छ ।
मकवानपुरका २ खेलाडीलाई समेत समेटेर मैदानमा उत्रिएको झापा एफसीले रजैया एफसीलाई ७–० को फराकिलो गोल अन्तरले पराजित ग¥यो । हेटौंडाको बनबिज्ञान अध्ययन संस्थानको फरेष्ट्रि मैदानमा भएको निर्धारित ९० मिनेटको खेलमा झापाका लागि रबिन राईले २ गोल गरे । यस्तै मकवानपुरे खेलाडी माझन लामासहित गोकुल राजवंशी, दिपेश श्रेष्ठ, राजेश तामाङ र सुरेश राईले समान १/१ गोल गरे ।
भदौ ६ गतेदेखि हेटौंडामा बन्द प्रशिक्षण गरिरहेको झापा एफसीले हेटौंडामा पहिलो पटक मैत्रीपुर्ण खेल खेलेको हो । क्लबले सी डिभिजन लिग छनोट अन्तर्गत पहिलो चरणको खेलमा भदौ २५ गते सहभागिता जनाउँदैछ ।