तस्बिरः गुगल ।

हेटौंडाः हेटौंडा–१७ मा कर्रा खोलाले ट्रक बगाउँदा बेपत्ता भएका २ जना मध्ये गणेश थापा मगर मृत अवस्थामा फेला परेका छन् । काठमाडौँका ५४ बर्षीय थापा शनिबार घटनास्थलभन्दा केही तल खोलामा मृत्यु भएर तैरिएको अवस्थामा फेला परेका हुन् ।

शुक्रबार शिवम सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकलाई खोलाले बगाउँदा थापासहित ट्रक चालक रामेछाप जिल्लाका ४० बर्षीय बद्री बहादुर पनि बेपत्ता भएका थिए । बेपत्ता बद्री हालसम्म फेला परेका छैनन् । उनको नेपाली सेना, नेपाल प्रहरीसहितको टोलीले खोजी कार्य गरिरहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।