रगतको साङ्केतिक तस्बिर ।

हेटौंडाः भुतपुर्व सैनिक मिलन बचत तथा ऋण सहकारी संस्थाको वार्षिक उत्सवको अवसरमा हेटौंडामा शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । हेटौंडा–५ सानो पोखराचोकमा भएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६ जना महिला र ४९ जना पुरुषले रक्तदान गरेको रक्तदान केन्द्र हेटौंडा शाखाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो । यस्तै आइतबार र सोमबार पनि रक्तदान कार्यक्रम भएको उहाँले बताउनुभयो । हेटौंडामा कोरोनाको कारण रगतको अभाव भइरहेको अवस्थामा अहिले संक्रमण घटेको अवस्थामा विभिन्न संघसंस्थाको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको हो ।

आइतबार हर्नामाडीको श्रीकृष्ण प्रणामी युवा परिषर तथा सोमबार जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले कार्यक्रम आयोजना गर्ने तय भएको प्रमुख दाहालले बताउनुभयो ।