हेटौंडाः मकवानपुरमा शनिबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९८ जनामा गरिएको पीसीआर परिक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कारोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १९ जना रहेका छन् । यस्तै भिमफेदीका २ जनामा, मनहरी गाउँपालिका १ जनामा र कैलाश गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्ला हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ९ सय १९ जना पुगेको छ । जिल्लामा हाल ३ सय ६ जना कोरोना संक्रमणका सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये २ सय ८४ होम आइसोलेसन र २२ जना संस्थागत आइसोलेसनमा उपचारत छन् ।
जिल्ला पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमणुक्त भएका छन् । होम आइसोलेसनमा बसेका १४ र संस्थागत आइसोलेसनमा बसेका ७ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।