आचार्य ॐ कारेश्वरानन्द अवधूत

· संकटकालिन उर्जा स्रोत-एड्रेनल ग्रन्थिःकुनैपनि आपतकालिन संघर्षको अवस्थामा लड्ने वा भाग्ने तयारी गर्नको लागि विशेष भूमिका खेल्ने ग्रन्थि हो । एड्रीनल ग्लाण्ड । यसको स्थान किड्नीको माथि टोपी जस्तो हुन्छ । परिस्थितीबारे आवश्यक सुचना मस्तिष्कले यसै ग्रन्थिलाई पठाएपछि यसले आफ्नो हार्मोन रस एड्रेनलीन रगतमा बगाइदिन्छ । यसको परिणामस्वरुप मांसपेशीहरु खुम्चिन्छन् ,मुटुको धड्कन तिब्र हुन्छ,रगतका नलीहरु फराकिलो हुन्छ,पसिनाका ग्रन्थिहरु सक्रिय भएर शरीरलाई चिसो पार्ने काम गर्छन । पाचन तन्त्रका अवयवहरुको गति मन्द हुन्छन् । लिभरमा संचित रहेको चिनी बाहिर निस्केर मांसपेशीहरुहरुलाई इन्धनको रुपमा उपलब्ध हुन्छ ।रौँहरु खडा हुन्छन् । आँखा ठूला भएर नानीहरु विस्फारित हुन्छन् यसले गर्दा क्रोधित व्यक्तिको अनुहार र सम्पूर्ण हाउभाउ,शरीरको भङगीमा-मुद्रा भयानक देखिन्छ । एड्रेनलीन एउटा रासायनिक एस्ओएस हो ।

· यस ग्रन्थिको असामान्य प्रभावः जुन व्यक्तिका एड्रेनल ग्रन्थिहरु यथेष्ट हार्मोन बनाउ“दैनन् उसले आपातकालिन परिस्थितीमा योग्य ढङ्गले प्रतिक्रिया र प्रतिकार गर्न सक्दैन ।यस्तै ,जसको एड्रेनलीन हार्मोन बढी निस्किन्छ, उ सधैँ स्नायविक तनावको स्थितीमा रहन्छ ।

· भय वा तनावको कारणःमणिपुर चक्रको असन्तुलन नाभिमा स्थित अग्निमण्डल वा सूक्ष्म शरीरको शक्ति केन्द्रलाई ‘मणिपुर चक्र’ भनिन्छ । यस चक्रले नै पेटमा स्थित ग्रन्थि,उपग्रन्थि र समस्त अवयवहरुलाई नियन्त्रण गर्दछ ।यसको असन्तुलनको कारण मानसिक र भावनात्मक हुन्छ । पाचन तन्त्रलाई प्रभावित पार्ने रसको कम र बढी क्षरण यस चक्रको वरिपरी विद्यमान दश ओटावृत्तिहरु (भावना वा संवेदनहरु) माथि निर्भर हुन्छ । लज्जा,पिशुनता,इष्र्या,सुषुप्ति,विषाद,

कृष्याय,तृष्णा,मोह,घृणा र भय ती वृत्तिहरु हुन् । श्री श्री आनन्द मूर्तिजी प्रतिपादित जैव मनोविज्ञान अनुसार मानसिक वृत्ति,ग्रन्थि,उपग्रन्थि,हार्मोनरस र अवयवका कार्यहरुको घनिष्ठ सम्बन्ध छ ।

· पाचनक्रिया नियन्त्रण गर्ने ग्रन्थि-अग्न्याशयःप्यान्क्रियाज वा अग्न्याशय ग्रन्थिको स्थान पाचनतन्त्रको सानो आन्द्राको सुरुको भाग डुओडेनमको घेरामा हुन्छ । यो ग्रन्थिले अन्न पचाउ“नको लागि पाचकरस—एन्जाइमहरु निकाल्दछ । अर्को हार्मोन रस ‘इन्सुलीन’ ले रगतमा चिनीको मात्रा नियन्त्रित गर्दछ । यसमा गडबढीको परिणाम हो । डायबिटिज वा मधुमेह रोग ।

· मणिपुर चक्रको सन्तुलनको लागि योग अभ्यासः प्वायोसायकोलोजी अनुसार नियमित रुपले योग आसन, मुद्रा गर्दा प्रत्येक चक्रका संलग्न वृत्तिहरुलाई नियन्त्रित गर्न सकिन्छ । यसपछि मनमा उत्पन्न हुने विचार र व्यवहार पनि नियन्त्रण हुन सक्छ । किनकी आसनहरुको गहिरो असर ग्रन्थि र उपग्रन्थिमा हुन्छ । कम बढी दबाबको कारणले यस्तो हुन्छ । मणिपुर वा नाभिचक्रमा असर पार्ने आसन र योगअभ्यास हुन्ः-चक्रासन,धनुरासन,मयुरासन,अग्निसार,

उड्डयन,मुद्रा,आग्नेयी प्राणायाम । नाभिमा मन केन्द्रित गरेर दीर्घ र गहिरो श्वासप्रश्वास गर्नाले सकारकात्मक प्राण उर्जा र धनात्मक भावना विचारहरुको आघातबाट पेटका सबै रोगहरु र भावनात्मक असन्तुलन ठीक पार्न सकिन्छ ।

उदाहरणको लागि मणिपुर चक्रमा पाचौँ र छैटौँ वृत्ति हो विवाद र कषाय । कुनै व्यक्तिमा अपसाद वा डिप्रेसन यसै कारण हुन्छ । यस्तै नवौँ र दशौँ वृत्ति हो घृणा र भय । यसको कारण उ डराएको रहन्छ । अगाडि आएर समूहमा बोल्न सक्दैन यी सब कमजोरी ।