हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका ठुलो सार्की मोक्तान

हेटौंडाः मकवानपुर प्रहरीले कर्तब्य ज्यान मुद्धामा अनुसन्धान गर्दा संलग्नता भएको देखिएपछि एक जनालाई पक्राउ गरेको छ ।

गत साउन ३२ गते हेटौडा–१६ बस्ने ६४ वर्षको मान बहादुर प्रजालाई धारिलो हतियार बञ्चारोले प्रहार गरी हत्या गरेको घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा संलग्नता देखिएपछि हेटौंडा १६ का ४० वर्षको राज कुमार भन्ने ठुलो सार्की मुक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

मोक्तानलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।