प्रहरीले नियन्त्रणमा लिएको अवैध काठसहित ट्रक

हेटौंडाः मकवानपुर प्रहरीले अवैध ३५ क्युफिट काठको गोलियासहित २ जनालाई पक्राउ गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले भिमफेदी–२ स्थित सडक खण्डमा हेटौडाबाट भैसे तर्फ जाँदै गरेको बा ९ च ५९१२ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको अबैध गोलिया काठ ५ थान ३५ क्युफिट फेला परेको हो ।

प्रहरीलले काठसहित गाडी चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष २८ को सुमन लामा र सोहि गाडीमा सवार बर्ष २९ को सुवाष गोलेलाई पक्राउ गरेको छ । उनीहरलाई पक्राउ गरी आवश्यक कारवाहिको लागी डिभिजन वन कार्यालय राप्ती, मनहरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्यर रिमालले जानकारी दिनुभयो ।