हेटौंडाः जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलेर ल्याएको ६२ बोरा भुटेको चना बरामद गरी भन्सार दाखिला गरेको छ । बिहीबार राति करिब १२ बजे प्रहरीले बाराको विश्रामपुरबाट उक्त चना बरामद गरेको हो ।

जिलला प्रहरी कार्यालय बारा तथा प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्तीको क्रममा विश्रामपुर–३ मा भारतबाट भन्सार छली तस्करी गरी नेपाल ल्याइएकोे एक हजार ५ सय ५० केजी भुटेको चना बेवारिसे अवस्थामा फेला पारेको हो । करिब एक लाख १६ हजार मूल्यको उक्त चना प्रहरीले आवश्यक कारवाहीका लागि भञ्सार कार्यालय बीरगञ्जमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।