हेटौंडाः रोट्र्याक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा प्रतिक्षा न्यौपानेले पदभार ग्रहण गर्नुभएको छ । क्लबको छैठौं अध्यक्षको रुपमा प्रतिक्षा न्यौपाने बर्ष २०२१/२२ का लागि शुक्रबार पदस्थापित हुनुभएको हो । एक बर्षे कार्यकालका लागि न्यौपाने पदस्थापित हुनुभएको हो ।
रोट्र्याक्ट क्लब अफ मकवानपुरको बर्ष २०२०/२१ का अध्यक्ष महेन्द्र राना मगरले न्यौपानेलाई पद हस्तान्तरण गर्नुभएको हो । पदस्थापन कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष सुन्दर जोशी, निवर्तमान अध्यक्ष कविन सांगामी, रोट्र्याक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेश दर्पण अधिकारी, पूर्वअध्यक्षहरु विजय पौडेल, प्रमोद अर्याल, पुष्पराज अधिकारीको सहभागिता रहेको थियो ।