हेटौंडाः आपतकालिन सहयोग परियोजना अन्तर्गत सिविन नेपालद्धारा सञ्चालित बाल हेल्प लाइन मकवानपुरले हेटौंडा अस्पताल, मनहरी कोभिड अस्पताल र जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

शुक्रबार बाल हेल्प लाइनका मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीले हेटौंडा अस्पताललाई पीपीई २५ सेट, केएन ९५ मास्क २ सय थान, स्यानिटाइजर २० बोत्तल, फेस मास्क २ हजार पिस, इन्फारेड थर्ममिटर एक थान, फेश शिल्ड ५० थान, नेबुलाइजर ३ थान, पल्स अक्सिमिटर २ थान, बेड साइड लकर १ थान, विपी सेट १ सेट, स्टीमर १ थान, नर्मल ग्लोबस ६ प्याकेट, सर्जिकल ग्लोबस ८० थान, सोडियम हाइपोक्लोराइड २ जर्किन, नेट क्याप ३ सय थान, हन्ड वास १० बोत्तल सहयोग गर्नुभएको हो । अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई सो स्वास्थ्य सामग्री हस्तान्तण भएको हो ।

यस्तै बाल हेल्प लाइन मकवानपुरले मनहरीको कोभिड अस्पताललाई केएन ९५ मास्क ५० थान, हेन्ड सेनिटाइजर ५ सय मिलि जेलवाला १० बोत्तल, हेन्ड सेनिटाइजर ५ लिटर ३ जर्किन, फेस मास्क ५ सय, बेड म्याट्रेस १ सेट, बिरामीको लागि ट्रली एक सेट, बिपि सेट स्टेथोस्कोपसहित १ सेट, स्टीमर १ थान, ग्लोब्स २ पाकेट, सर्जिकल ग्लोब्स २० थान, सोडियम हाइपोक्लोराइड ५ लिटरको २ जर्किन, हेन्ड वास ५ लिटरको १ जर्किन, हेन्ड वास २५० मिलि ५ बोत्तल प्रदान गर्नुभएको हो । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई बाल हेल्प लाइनका प्रमुख झविन्द्र ज्ञवालीले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला सेलका प्रहरी निरीक्षक चुडा खड्कालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । महिला सेललाई केएन ९५ मास्क ५० थान, हेन्ड स्यानीटाइजर ५ सय मिलि जेलवाला ५ बोत्तल, हेन्ड स्यानीटाइजर ५ लिटर जेल बेस ५ जर्किन, फेस मास्क ५ सय थान, इन्फारेड थर्मोमिटर १ थान, फेस शिल्ड ५० थान, हेन्ड वास २५० मिलि ५ बोत्तल र हेन्ड वास ५ लिटरको १ जर्किन सहयोग गरिएको बाल हेल्प लाइन मकावानपुरका प्रमुख झविन्द्र ज्ञवालीले बताउनुभयो ।