हेटौंडाः निरन्तर वर्षाका कारण सडकमा बगेको पानी पसलमा पस्दा पसलमा भएका कपडाहरु भिजेका छन् । हेटौंडा–१० बसपार्कस्थित एक होलसेल कपडा पसलमा शुक्रबार राति परेको पानी पस्दा पसलका भएको कपडाहरु भिजेर २० लाख रुपैयाँ बराबरको क्षति पुगेको सञ्चालक विष्णु खनालले जानकारी दिनुभएको छ ।
छोरा उज्ज्वल खनालको नाममा सञ्चालनमा रहेको खनाल कलेक्सन होलसेल कपडा पसलमा शुक्रबार राति राप्तिरोड र बसपार्क क्षेत्रमा परेको पानी बगेर आएर पस्दा पसलभित्र राखिएको कपडाहरु भिजेका हुन् । अन्डरग्राउन्ड पसल भएकाले र बाटोको काम गर्नका लागि भन्दै उपमहानगरपालिकाले पसल अगाडिको भागमा खनेर अलपत्र छोड्नाले पानी पसलमा पसेको सञ्चालक विष्णु खनालको भनाई रहेको छ । ३ वर्षदेखि व्यवसाय गर्दै आएका खनालले पहिलो पटक यसप्रकारको दुर्घटना र यति ठूूलो क्षति व्यहोर्नुपरेको बताउनुभयो ।
विगत ३ दिनदेखि पसलका कपडाहरुलाई सुरक्षित गर्न तथा पसलको पानी निकाल्नेलगायतका कामहरु गरिरहेको र सबै व्यवस्थापन गर्न अझै १० दिन लाग्ने उहा“ले जानकारी दिनुभयो । भिजेका सबैजसो कपडाहरुमा दाग लागेको तथा बिक्री गर्न नमिल्ने भएको पनि सञ्चालक खनालले बताउनुभयो ।
ँ