एक पटक राजा अकबरले दरबारमा सङ्गीत प्रतियोगिताको आयोजना गराए । सङ्गीतज्ञहरुले बजाएको सङ्गीतले अगाडी उभिएको साँढेलाई आकर्षण गर्नुपर्ने थियो । जसले त्यस्तो गर्न सक्छ उही विजयी बन्ने सर्त राखिएको थियो ।

देश तथा विदेशबाट आएका सङ्गीतज्ञहरुले आआफ्नो खूबी प्रस्तुत गरे तर कसैले पनि साँढेको प्रतिक्रिया पाउन सकेनन् । अन्ततः वीरबल नै यसका लागि अघि सरे । उनले सङ्गीतमा कि त गाई कराएको आवाज निकाल्थे कि लामखुट्टे कराएको । यी दुबै आवाज सुनेर गोरुहरु अघि बढे । गाई कराएको आवाज सुनेर साँढे डुक्रिन थाले भने लामखुट्टेको आवाज सुनेर हिडे । अन्ततः प्रतियोगिताको पुरस्कार वीरबलले नै जिते ।