खाद्यान्न वितरण गरिँदै ।

हेटौंडाः कोरोना महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको समयमा हातमुख जोड्न गाह्रो भएका विपन्न परिवारलाई सहयोग गरिएको छ । विद्यालय तहको परीक्षा उत्तीर्ण गर्ने समयका साथीहरुको एक समूहले बुधबार माइती नेपाल मकवानपुरसँगको समन्वयमा २८ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

हेटौंडा–५, सानोपोखरास्थित सिद्धार्थ शिशु सदनबाट २०५४ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका विद्यार्थीको समूहले ‘पहल’ नारासहित सहयोग कार्यक्रम गरेको हो । विद्यार्थीको समूहले प्रतिपरिवार १५ केजी चामल, २ केजी दाल, आधा लिटर खानेतेल, १ केजी नुन र मस्यौरा सहयोग गरेका छन् । २८ परिवारलाई ३५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको सहयोगी विद्यार्थी समूहका सदस्य जावेद हुसेनले जानकारी दिनुभएको छ ।