हेटौंडाः मकवानपुरमा मंगलरबार दिउँसो २ बजेसम्म १ सय ४७ जना कोरानाका संक्रमितहरु थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्यांक अनुसार ११५ जनाको पीसीआर रिपोर्ट पोजेटिभ र ३२ जनाको एन्टिजेन पोजेटिभ देखिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका सबैभन्दा धेरै १ सय ६ जनामा, थाहा नगरका २३ जना, मकवानपरगढीका ११ जना, बागमती एक, इन्द्रसरोबर २, भीमफेदी १, बकैयाँ २ र राक्सिराङका १ जना संक्रमण पुष्टि भएको छ ।