हेटौंडाः बागमती प्रदेशमा आज ३ जना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा रिक्त तीन मन्त्रालय र एक मन्त्रालयमा राज्यमन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त तीन मन्त्रीहरु केशव पाण्डे, सरेश नेपाल र सरस्वती बस्नेतलाई बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले आजै सपथ खुवाउनुभएको हो ।
यस्तै प्रदेशको सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएका डा. रामकुमार अधिकारीलाई मुख्यमन्त्री डोरमणि पौडेलले सपथ खुवाउनुभएको थियो । उनीहरुको सपथ सँगै बागमती प्रदेश प्रमुख विष्णु प्रसाईले मन्त्रीहरुको कार्यविभाजन तोक्नुभएका छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरस्वती बस्नेत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा सरेश नेपाल र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा केशव पाण्डेलाई जिम्मेवारी तोकिएको हो ।
यस्तै राज्यमन्त्रीमा सपथ लिएका डा. रामकुमार अधिकारीले सामाजिक विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको हो । प्रदेशमा अन्य मन्त्रीहरु भने यथावत रहेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र आर्थिक मामिला तथा योजना मन्त्रीमा कैलास ढुंगेल छन् ।