हेटौंडाः १५ औं लोकतन्त्र दिवस तथा १३२ औं अन्र्तराष्ट्रिय मई दिवसको अवसरमा रक्तदान कार्यक्रम भएका छन् । संयुक्त अटो यातायात महासंघले आयोजना गरेको कार्यक्रममा १४० जनाले रक्तदान गरेका छन् ।
संयुक्त अटो यातायात महासंघका अध्यक्ष सुधिर थापाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो ।
कोरोना संक्रमणको जोखिम बढेसंगै रगतको खपत बढी भएपछि रक्तदान कार्यक्रम हुने गरेको छ । मकवानपुर लगायत अन्य जिल्लाको अस्पातलहरुमा रगतको अभाव भएसँगै संघसंस्थाहरुले रक्तदान कार्यक्रमलाई प्राथमिकता दिएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।