बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामा

हेटौंडाः बागमती प्रदेशमा एक वर्षको अवधिमा ७ सय ८४ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । अदालतको फैसलाले कैद तथा जरिवाना तोकिएर फरार रहेको उनीहरुलाई प्रहरीले पक्राउ गरी सम्बन्धी अदालतमा उपस्थिति गराएको हो ।

बागमती प्रदेशको उपत्यकाका तीन जिल्ला बाहेकका दश जिल्लामा फरार सूचिमा रहेको मध्ये हालसम्म ७ सय ८४ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले जानकारी दिनुभयो ।

उनीहरुबाट ३ करोड १८ लाख २० हजार २ सय ८३ रुपैयाँ जरिवाना रकम संकलन भएको उहाँले बताउनुभयो । यसअघि २०७६ सालको बैशाख देखि चैत्र मसान्तसम्म २ सय ८३ फरार प्रतिवादी पक्राउ परेका थिए । उनीहरुबाट ६५ लाख ३८ हजार ९ सय ५० जरिवाना संकलन भएको प्रहरी महानिरीक्षक लामाले जानकारी दिनुभयो ।