बस्नेतलाई कृत्रिम खुट्टा हस्तान्तरण गरिँदै ।

हेटौंडाः सवारी दुर्घटनामा परी दायाँ खुट्टाको घुँडाभन्दा तलको भाग गुमाएका मनहरीका ईन्द्रबहादुर बस्नेतलाई कृत्रिम खुट्टा प्रदान गरिएको छ । तीन वर्षअघि धादिङ जिल्लाको जोगिमारामा दुर्घटना भई खुट्टा गुमाएका ट्रक चालक बस्नेतलाई गोल्डेन यातायात प्रालि हेटौंडाले शुक्रबार कृत्रिम खुट्टा प्रदान गरेको हो ।

गोल्डेन यातायातले मनहरीमा आयोजना गरेको ट्राफिक दुर्घटना न्यूनीकरण सम्बन्धी एक दिवसीय कार्यक्रमको अवसरमा बस्नेतलाई सहयोग हस्तान्तरण गरेको हो । यस्तै गोल्डेन यातायातले विभिन्न बिधामा उत्कृष्ट काम गर्ने व्यवसायीहरूलाई सम्मान समेत गरेको छ ।

कृत्रिम खुट्टा जोडेर उभिँदै बस्नेत ।

जेष्ठ चालक, नियमित मासिक शुल्क तिर्ने चालक, बर्षभर दुर्घटना नगराउने, संस्थाप्रति इमान्दारितापूर्वक उत्कृष्ट काम गर्ने १/१ जनालाई सम्मान गरिएको गोल्डेन यातायात प्रालिका अध्यक्ष सुधीर थापाले जानकारी दिनुभएको छ । गोल्डेन यातायात प्रालिका अध्यक्ष सुधीर थापाको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक नविन श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।