हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि मकवानपुरमा सञ्चालनमा आएका क्वारेन्टिन तथा आइसोलेशन तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको नेतृत्वमा बसेको व्यवस्थापन केन्द्रको बैठकले कोभिड–१९ को संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै यसअघि सञ्चालनमा आएका क्वारेन्टिन तथा आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न सबै स्थानीय तह र हेटौंडा अस्पताललाई अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकले संक्रमण फैलिन नदिन विद्युतीय माध्यमबाट चेतनामूलक सन्देश प्रसारण गर्ने व्यवस्थासमेत मिलाउने निर्णय गरेको छ । बैठकले मेला, महोत्सव, नयाँ वर्षजस्ता चाडपर्वहरुमा भिडभाड नगर्न, नगराउन तथा सबैले जनस्वास्थ्यको मापदण्डहरु कडाईका साथ पालना गर्न, गराउन सबैमा अनुरोध गर्ने निर्णय गरेको छ ।