नेपाल खाद्यान्न व्यवसायी संघ मकवानपुर र खाद्य किराना व्यवसायी संघ मकवानपुरको संयुक्त भेला ।

हेटौंडाः नेपाल खाद्यान्न व्यवसायी संघ मकवानपुर र खाद्य किराना व्यवसायी संघ मकवानपुरको संयुक्त भेला शनिबार भएको छ । एकै प्रकृतिको व्यवसाय भएकोले दुबै संघलाई एकीकरण गर्ने योजनासहित भेलाको आयोजना गरिएको हो । नेपाल खाद्यान्न व्यवसायी संघ मकवानपुरका अध्यक्ष विजय सागर श्रेष्ठको अध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यमा भेला भएको हो ।

भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष कटुवालले व्यवसायीको छाता संस्थालाई सवल बनाउनुपर्ने बताउनुभएको छ । संस्थालाई बलियो बनाउने योजनाअनुसार नै मकवानपुर उद्योग वाणिज्य संघले पल्सपा सभागृहत परिसरमा अतिथि सदन सञ्चालनमा ल्याउन लागेको उहाँको भनाइ छ । करिब ५ करोड लागतमा निर्माणसम्पन्न भएको अतिथि सदनको भवन यही चैत २१ गतेबाट सुरु हुने अधिवेशनको अवसरमा उद्घाटन गर्ने तयारी भइरहेको उहाँले बताउनुयभो ।