मकवानपुर उद्योग वाणिज्य महासंघका महासचिव प्रमोदसिंह रानाभाट ।

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले निर्माण गरिरहेको अतिथि सदनको निर्माण कार्य पूरा गर्न संघका महासचिव प्रमोदसिंह रानाभाटले पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ । महासचिव रानाभाटले सोमबार ३ लाख रुपैयाँ सहयोग गर्नुभएको छ भने यसअघि २ लाख रुपैयाँ सहयोग गर्नुभएको संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभएको छ ।

संघले नियमित आम्दानीको स्रोतको रुपमा अतिथि सदन सञ्चालन गर्न भवन निर्माण गरिरहेको छ । हेटौंडा–२ स्थित पल्पसा सभागृह परिसरमा निर्माणाधिन भवनको निर्माण कार्यका लागि यसअघि संघका अध्यक्ष कटुवाल र उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले पनि पाँच/पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको थियो