हेटौंडाः लागुऔषध मुद्दामा १० दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी दिनेश भुजेललाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । हेटौंडा–१७ का भुजेललाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
जिल्ला अदालत मकवानपुरको मिति २०६९ फागुन १ गतेको फैसला अनुसार उनले १० दिन कैद भुक्तान गर्न बाँकी रहेको छ । ३२ वर्षीय भुजेललाई जिल्ला अदालत मकवानपुरमा उपस्थिति गराएर बाकी कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।