हेटौंडाः स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित प्रहरीले २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बुधबार बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ८ बरेवा टोलस्थित कलैया–मटिअर्वा सडक खण्डमा प्रहरीले सुरक्षाजाँच गर्ने क्रममा बिआर–०५–के– ०७९८ नम्बरको भारतीय मोटरसाइकल सहित चालक बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया वडा नम्बर ७ बस्ने ३५ वर्षीय चंद्र शेखर प्रसाद र ३८ वर्षका सञ्जय कुमारलाई पक्राउ गरेको होे ।
उनीहरुको साथबाट प्रहरीले नेपाली एक हजारको नोट १ हजार ७ सय ७२ थान (सत्र लाख बहत्तर हजार) र नेपाली ५ सय रुपैयाँको नोट १ हजार ५ सय २६ थान (सात लाख त्रिसठी हजार) गरी नेपाली रूपैया पचिस लाख पैतिस हजार रुपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान अगाडी बढाएको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।