हेटौंडाः लागुऔषधसहित अन्य मुद्दामा दोषी ठहर भई सजाय भुक्तान नगरी बसेका हेटौंडा–१७ का विकास मानन्धरलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मकवानपुरको २०७२ साल माघ २८ गतेको फैसालाले लागुऔषधसहित अन्य मुद्दामा २ वर्ष कैद तथा एक लाख रुपैयाँ जरिवानाको सजाय सुनाइए पनि कैद तथा जरिवाना भुक्तान नगरी बसेका मानन्धरलाई बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेका मानन्धरलाई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भइरहेको प्रहरीले जनाएको छ । विभिन्न मुद्दामा दोषी ठहर भई अदालतले कैद तथा जरिवाना तोके पनि कैद तथा जरिवाना सजाय भुक्तान नगरी बसेका व्यक्तिलाई प्रहरीले हरेक दिन पक्राउ गरिरहेको छ ।