हेटौंडाः सामुदायिक रेडियो, रेडियो निकास र हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिको सहकार्यमा हरेक सोमबार साँझ ७ बजे प्रसारण हुने रेडियो कार्यक्रम ‘महिला जनप्रतिनिधि’ मा माघ ५ गते सोमबार हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा सदस्य सरस्वती दाहालसँग कुराकानी गरिएको छ ।
जनप्रतिनिधि हुनुअघि पेशागत संगठन, सामाजिक संस्थामा रहेर देखाएको सक्रियताकै कारण समुदायले नै उम्मेदवार हुन प्रेरित गरेको स्मरण गर्नुहुँदै घरपरिवारको पनि साथ र सहयोगकै कारण उम्मेदवार हुन, निर्वाचित हुन र अहिले जनताकै सेवामा काम गर्न सहज भइरहेको बताउनुहुन्छ । जनताको काम गर्दै गर्दा कुनै असहजता र गुनासो नरहेको बताउनुहुँदै सरस्वती दाहाल भन्नुहुन्छ, ‘महिला भएर सक्दो काम गरिरहेको छु । अन्य वडाका साथीहरुले पनि काम गरिरहनुभएको छ । युवा, वयस्क र ज्येष्ठ उमेरका महिला जनप्रतिनिधिहरु हुनुहुन्छ । सबैको सीप र दक्षता विकास गर्न कार्यशाला र तालिमको पनि जरुरी छ ।’
रेडियो कार्यक्रम ‘महिला जनप्रतिनिधि’ मा वडा सदस्य सरस्वती दाहालसँग गरिएको कुराकानी सोमबार साँझ ७ बजेबाट सुन्न सक्नुहुनेछ । रेडियो निकास ९३.४ मेगाहर्जका साथै मोवाईल एप्लिकेशनको रेडियो निकास र अनलाइनको पहूँचमा रहनुहुने तपाइँले www.radionikas.com मा पनि सुन्न सक्नुहुनेछ । कृपया सुन्ने प्रयास गर्नुहोला ।