हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिले फुटकर निवेदन अन्तर्गत २०७७ साल साउनदेखि मंसिरसम्ममा ७७ मुद्दा दर्ता भएको छ । न्यायिक समितिले ३१ वटा विवादमा मिलापत्र गरेको हेटौंडा उपमहानगरपालिको कानुन शाखाका कानुनी सहायक डिल्लीराम पोखरेलले जानकारी दिनुभएको छ ।
सम्बन्धित स्थानीय तह जान सुनाइएको विवाद एक थान, अदालत जान सुनाइएको विवाद एक थान रहेको बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिकामा मेलमिलाप हुन नसकेका पाँच वटा विवाद रहेको छ । कोरोना भइरस सक्रमणसँगै न्यायिक समितिले काम गर्न नपाउँदा अझै ३९ वटा विवाद प्रक्रियामै रहेको बताउनुभएको छ । कार्यविधि अनुसार जम्मा दर्ता विवाद सात वटा रहेको छ । हेटौंडा उपमहानगरपालिका कानुन शाखाका कानुनी सहायक डिल्लीराम पोखरेलका अनुसार सबै विवाद दर्ता गर्न बाँकी रहेको जानकारी दिनुभएको छ । प्रायः जग्गा सिमाना बिवाद, घरेलु झैझगडा र वादविवादको विषय बढिरहेको छ । पहिलाको तुलनामा विवाद दर्ता हुन आउने क्रम बढेको पोखरेलले बताउनुभएको छ ।