व्यङ्ग्य साहित्य रोचक र प्रभावशाली कला हो । अप्रत्यक्ष शैलीमा लक्षित क्षेत्रलाई सहजै अभिव्यक्त गरिने कला व्यङ्ग्य साहित्यमा रहन्छ । समग्र साहित्यमै व्यङ्ग्य साहित्य विशिष्ट क्षेत्र हो । व्यङ्ग्य साहित्यमा मकवानपुरमा परिचित अनुहार राजकुमार लामिछाने व्यङ्ग्य रचनामा अग्रसर हुनुहुन्छ । व्यङ्ग्य साहित्यको औचित्य र प्रभावकारिता विषयमा समृद्ध समाज दैनिककी संवाददाता जेनिशा घिमिरेले गर्नुभएको कुराकानी
समाजः यो हाँस्यव्यङ्ग्यको क्षेत्रमा कहिले देखि लाग्नुभयो ?
लामिछानेः मलाई हाँस्यव्यङ्ग्य प्रति पहिलेदेखि नै चाख लाग्थ्यो । जब भैरव अर्यालका हाँस्यव्यङ्ग्य कृतिहरु पढे त्यतिबेला मनमा व्यङ्ग्यहरु मनमा गडेका थिए । गडेपनि अगाडी कसरी बढ्ने भन्ने सन्दर्भ थियो । अनुकुल वातावरणहरु मिलेको थिए । पछिपछि साहित्य सङगम साझा चौतारीको रुपमा फेला पर्यो । मैले कसरी २०४५/०४६ साल देखि लेख्दै आएको थिए । यसलाई निरन्तरता २०६४ साल पछि थिए ।
समाजः यो हास्यव्य·यको औचित्य के छ र पाठकहरुले अहिले कस्तो हास्यव्य· खोजिरहेका छन ?
लामिछानेः हाँस्यव्यङ्ग्य भनेको जस्तो दाल भात तरकारी भयो तर अचार भएन भने खानामा टेष्टी स्वाद आउँदैन । त्यस्तै हाँस्यव्यङ्ग्य साहित्यको एउटा विद्या हो । साहित्यका सबैै विद्याहरु असल छन् । जसले सामा जिक चेतना प्रदान गर्दछ । त्यसमाथि हाँस्यव्यङ्ग्यले अझ बढी हाम्रा समाजका पीडित वर्गहरु र साहित्यप्रति अस्था राख्नेहरु बढी आकर्षत गर्दछ । त्यसकारण हाँस्यव्यङ्ग्य साहित्यको विद्याको सुन्दर पक्ष हो जसले समाजको विकृतिहरुलाईव्यङ्ग्य गर्ने गरिन्छ ।
समाजः पाठक र श्रोतामा चाही रुचीको कसरी आफ्नो रचनामा समेटनु हुन्छ ?
लामिछानेः पाठकहरु, श्रोताहरु अथवा साहित्यीक प्रेमीहरुले कस्ता साहित्यहरु रुचाउछन् भन्ने सन्दर्भमा जब समाजमा कष्ट विकृतिहरु छन् । त्यो विकृतिले समाज चुलुम डुबेको छ । जो सक्षम छ । यसलाई सुधार छौं भन्ने वर्गबाट विकृतिहरु आएको हुन । विकृतिहरु बढेको छ । समाज एकदम अक्रान्त छ । त्यस्ता विषय छुनेगरी सिर्जना हुनु पर्छ । जुन सिर्जनाले त्यसबेला टपक्क छुयोस र श्रोताहरुको मनमा गडोस । त्यस्ता साहित्य सिर्जना गर्दा खेरी बढी मजा पनि आउँछ । बढी पाठक र श्रोताहरुको मन सुन्छ । साहित्य पनि कर्म भएको लाग्छ ।
समाजः आफ्नो रचनाले पाठक र श्रोतालाई कस्तो प्रभाव पारेको छ । कसरी थाहा पाउनु हुन्छ ?
लामिछानेः यो थाहा हुन्छ । जुन परिवेशलाई छोयो भने पाठकहरुले त्यो श्रवण गरेपछाडी प्रतिक्रिया राम्रो आयो भने मैले लेखेको रचना पाठकहरुलाई छोयो । वर्तमान परिवेशलाई छोएको छ । पाठकहरुलाई छोएको छ । विकृतिहरुलाई छोएको छ भन्ने कुरा श्रवण गरेपछाडी थाहा भईहाल्छ । पाठकहरु जुनबेला राम्रो भन्छ । त्यसले नै छोएको हुन्छ । आफैलाई कस्तो लाग्छ भने यो सिर्जना सफल भएको भएन भन्ने कुरा लाई आफैलाई नै थाहा हुन्छ । त्यसले यो सिर्जना राम्रो भयो । यो सिर्जना समाजको एकदम राम्रो प्रभाव हुन्छ । त्यो कुरा साहित्यकारहरुले महशुस गर्नुपर्छ । त्यसता सिर्जना राम्रा हुन्छन् ।
समाजः हाँस्यव्यङ्ग्यमा नयाँ साहित्यकारको आकर्षक कस्तो पाउँनु भएको छ ?
लामिछानेः हाँस्यव्यङ्ग्य एउटा विद्याकार हो । जुन कुरा सिधै भन्यो भने त्यसको कुनै अर्थ रहदैन् । त्यो गालीमा परिणत हुन्छ । त्यसलाई एउटा प्रतिनिधिमुलक बनाएर आफै व्यङ्ग्य प्रहार गरेर लेख्यो भने मिठानस हुन्छ भन्छन् । त्यो लेख्न अलि गाहे छ । त्यस कारण हाँस्यव्यङ्ग्य लेखनमा हाम्रा साहित्यकार ज्यूहरु यो पाटोमा ईच्छा भएपनि कमै लाग्नु भएको छ । रुची सबैको हुन्छ । सबै सिर्जना व्यङ्ग हुन्छ । जति साहित्यका कविताहरु लेखिएको छ । ती कविताहरुमा व्यङ्ग हुन्छ । धेरथोर मात्रै हो । स्पेशल व्यङ्ग लेखिएकोमा त्यसमा पनि छुटै प्रभाव हुन्छ । त्यस्ता साहित्यप्रति मान्छे आकर्षित हुन्छ । मकवानपुर एउटा साहित्यको उवर भूमि पनि छ । जस कारणले मकवानपुरको समग्र साहित्यमा उत्पादन भईरहेको छ । त्यसप्रति लागि राखिरहेको छ । त्यो सन्तोषजनक छ ।
समाजः जसको लागि व्यङ्ग रचना तयार पार्नु हुन्छ । ती क्षेत्रमा तपाईहरुको व्यङ्गको आधारमा आफूलाई सुधारको कति पाउनु भएको छ ?
लामिछानेःअपेक्षाकृत सुधार नहोला तर डर हुन्छ । जब उहाँको विकृतिहरु उहाँहरुले गर्नुभएको कर्महरु हामीले गरेको कर्म बाहिर आए । यसरी पोखिन लागे अब हामी सचेत हुनुपर्दाे हरेछ भन्ने हाम्रा सिर्जना उहाँहरुलाई खबरदारी गर्छ । भित्रहिसाबले भनेको उनीहरुको भित्र कुरा भयो तर समाजले देखिने गरी सकभर डराउनु हुन्छ । त्यो कुरामा हाम्रा सिर्जनाले खबरदारी गरेको जस्तो लाग्छ ।