नारी सीप सृजना केन्द्रद्धारा मानव बेचबिखन, ओसारपसार तथा सुरक्षित बसाईसराई सम्बन्धमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभगी सञ्चारकर्मीहरु ।

हेटौंडाः नारी सीप सृजना केन्द्रले मानव बेचबिखन, ओसारपसार तथा सुरक्षित बसाईसराई सम्बन्धमा मकवानपुरका सञ्चारकर्मीहरुसँग अन्तरक्रियाको आयोजना गरेको छ । नारी सीप सृजना केन्द्रकी अध्यक्ष सरस्वती बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता मनप्रसाद भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सञ्चारकर्मीहरुलाई सहजीकरण गर्नुहुँदै अधिवक्ता मनप्रसाद भट्टराई ।

सञ्चारकर्मीहरुले खोज पत्रकारितालाई प्राथमिकता दिए मानव बेचबिखन नियन्त्रणमा सहयोग पुग्ने अधिवक्ता भट्टराईको भनाइ थियो । जोखिमग्रस्त समुदायको पहिचान, मानव अधिकार र मानव बेचबिखनको सम्बन्धमा जानकारी, पीडितको सशक्तीकरण, अपराधिलाई कानुनी कारबाही गराउन पहल, पीडितको न्यायमा पहुँचमा सहयोग, सामाजिकीकरण, पुनस्र्थापनामा सहयोग र सफलताका कथा प्रस्तुतीहरुमा कार्यक्रमलाई सहजीकरण गर्नुहुँदै सञ्चारकर्मीहरुको भूमिका रहेकोे अधिवक्ता भट्टराईले जानकारी दिनुभएको छ । अपराधमा संलग्न व्यक्तिहरुलाई मुलुकी ऐनमा रहेको कानुनी व्यवस्था अनुसार कानुनी कारवाही भइरहेको पनि अधिवक्ता भट्टराईले जानकारी दिनुभयो । विगतका घटनाहरुलाई नियाल्दा अहिले बलात्कारका घटना बढ्दै जाँदा सञ्चारकर्मीहरुले यस विषयमा कसरी न्युनीकरण गर्ने भन्ने कुरामा भूमिका खेल्नुपर्ने समेत अधिवक्ता भट्टराईले जानकारी दिनुभएको छ ।