सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा–४ का कोरोना भाइरस सङ्क्रमित ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । उपचारका लागि चितवन जिल्लास्थित भरतपुर अस्पतालमा लगिएका पुरुषको सोमबार दिउँसो ३ बजे मृत्यु भएको हो ।

हेटौंडा-४ का पुरुषको मृत्यु भएको विषयमा भरतपुर अस्पतालले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको सूचना ।

भरतपुर अस्पतालका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर उपचारका लागि सोमबार नै अस्पतालमा भर्ना भएका पुरुषको कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सोमबार नै उपचारका क्रममा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।